देशभर विपद्का २१ घटना, आठजना घाइते
baahrakhari.com · Fri Oct 02 18:07:18 GMT 2026

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकृतिका २१ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठजना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही असोज १५ गते बिहानदेखि १६ गतेसम्म देशका विभिन्न स्थानमा सर्पदंश, आगलागी, बाढी, पहिरो, अविरल वर्षा तथा जनावर आक्रमणका घटना भएका हुन् ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार, विपद्का घटनामा परेकाको उद्धार, राहत तथा व्यवस्थापनका लागि १६५ जना प्रहरी परिचालन गरिएको छ । विपद् प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा सम्बन्धित निकायले आवश्यक उद्धार र व्यवस्थापनको काम गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)