लोकप्रिय स्ट्याण्डअप कमेडी टोली ‘नेपग्याजम’ विश्व किर्तिमानका लागि कालापत्थर जाँदै
livemandu.com · Thu Apr 29 17:55:43 GMT 2021
काठमाण्डौ । हाँसो लामो आयूको कारण हो र स्वस्थ्य जीवनशैलीलाई चाहिने अत्यावश्यक ओखती । आफ्नै पारामा हास्यव्यङ्ग्यको ठाडो शैलीलाई समातेर नेपाली युवापुस्ता माझ सर्वप्रिय बनेको ‘नेपग्याजम कमेडी’ समूहले सोलूको सगरमाथास्थित कालापत्थरमा पुगेर स्ट्याडअप कमेडी प्रस्तुत गर्ने भएको छ ।
‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित नेपग्याजम मिडिया एण्ड प्रोडक्सन प्रालिले कार्यक्रम आयोजना गर्न लागेको यस कार्यमा नेपालको हेलिकप्टर सेवामा अग्रणी “सिम्रिक एयर” को हेलिकप्टरले उडानका लागि साथ दिएको छ । “जमिनमा सर्वाधिक उचाईको स्ट्याण्डअप कमेडी शो – Highest Altitude STAND-UP COMEDY Show Gig on Land” शिर्षकमा विश्व किर्तिमान कायम गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)