कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी
barnanmedia.com · Sat Aug 01 23:42:40 GMT 2026

सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता अभिवृद्धि गरी सेवा प्रवाहलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउनका साथै सुशासनलाई संस्थागत गर्न तथा आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी सुरु गरेको छ ।
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक प्रशासन र व्यवस्थान तथा शैक्षिक प्रशासनमा कृत्रिम बुद्धिमत्ताको प्रयोगसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी आजदेखि सुरु भएको हो । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका सूचना अधिकारी नवीन बमले विश्वविद्यालयले प्रशासनिक व्यवस्थापनलाई आधुनिक, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)