मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहकारी ठगीको अनुसन्धानबाट जोगिन् देउवालाई फकाउँदै रवि लामिछाने

barnanmedia.com · Thu Sep 19 21:35:55 UTC 2024

सहकारी ठगी प्रकरणमा उन्मुक्ति पाएको दाबी गरिरहेका रास्वपा सभापति रवि लामिछानेको प्रवृत्ति छ, सत्तामा छँदा अहमता पाल्ने, कसैलाई नटेर्ने। कुनै बेला सञ्चारकर्ममा रहेका रवि दुईपटक उपप्रधान एवं गृहमन्त्री भएपछि मिडियालाई तारो बनाए। बुझ्न पर्ने कुरा के हो भने मिडिया सधैँ सत्ताको खबरदारी गर्छ। तर, रवि मन्त्री छँदा उनले गरेका विवादास्पद निर्णय र कदमको आलोचना गर्दा उनले मिडियालाई तारो बनाए। पत्रकार सम्मेलन नै गरी मिडियामाथि खनिए।

अझ सहकारी ठगी प्रकरणमा मुछिएपछि उनले पदबाट राजीनामा दिनु त परैको कुरा हो, पत्रकार सम्मेलन नै गरी धम्कीपूर्ण शैली प्रदर्शन गरे। उनले त्यतिखेर प्रमुख प्रतिपक्षी कांग्रेसलाई पनि टेरेनन्, गगन थापाहरुलाई त ट्युसन पढाउने भन्दै भाषण गरिरहे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)