मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा थालनी

ratopati.com · Fri Oct 02 18:16:43 GMT 2026

जुम्ला । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले रक्तसञ्चार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) सञ्चालनमा ल्याएको छ । सेवा सञ्चालनमा आएसँगै आकस्मिक उपचार,शल्यक्रिया,प्रसूति,चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक पर्ने रगत स्थानीयस्तरमै उपलब्ध हुने प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृतले अमृत भण्डारीले जानकारी दिए ।

प्रतिष्ठान र अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सहकार्य तथा सहयोगमा रक्तसञ्चार सेवा स्थापना गरी शुक्रबारबाट सञ्चालनमा आएको छ । बिरामीलाई रगत आवश्यक पर्दा सेवाग्राही तथा आफन्तलाई निकै सकस हुने गरेको थिए । अब प्रतिष्ठानमै आवश्यक परेका बिरामीलाई तत्कालै रक्त उपलब्ध हुने प्रतिष्ठानका निर्देशक डा वनम्र विष्टको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)