पुराणको रकमबाट घाट निर्माण
barnanmedia.com · Sat Aug 01 23:58:36 GMT 2026

बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट सङ्कलित रकमको सहयोगमा निर्माण गरिएको देउनिया विश्रान्तिघाट अन्तिम चरणमा पुगेको छ । घाटलाई थप आकर्षक बनाउन शनिबार उक्त क्षेत्र परिसरमा बृहत् सरसफाइ गरिएको छ ।
देउनिया विश्रान्तिघाट निर्माण समितिको अगुवाइ तथा बिर्तामोड–८ वडा कार्यालयको समन्वयमा गरिएको सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, निर्माण समितिका पदाधिकारी, सुरक्षाकर्मी र स्थानीयवासीको सहभागिता थियो । घाट परिसरमा फूलबारी र फलफूलका बिरुवा रोप्ने तयारीस्वरूप सरसफाइ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)