मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यामलाल कँडेललाई प्रश्न: सुर्खेत विमानस्थल विस्तार कार्यमा तपाईँले नै सहयोग नगरेको आरोप छ नि ?

ratopati.com · Sun Dec 24 01:11:00 GMT 2023

सुर्खेत । सुर्खेत विमानस्थल विस्तार गर्ने विषयले यतिबेला सुर्खेत मात्र होइन सिङ्गो कर्णालीको राजनीतिमा तरङ्ग पैदा भएको छ । पूर्वी सुर्खेतको रामघाटमा बन्ने नयाँ विमानस्थल सञ्चालनमा आएपछि वर्तमान विमानस्थललाई वन क्षेत्रका रूपमा विकास गर्न सकिन्छ वा सकिँदैन ? भन्ने कुरा उल्लेख भएको डकुमेन्ट सार्वजनिक भएसँगै विमानस्थलबारे वादविवाद उत्कर्षमा पुगेको छ । सोही विषयमा सुर्खेत क्षेत्र नं.–२ का सांसदहरू चर्को विरोधमा उत्रिनुका साथै वर्तमान विमानस्थललाई नै विस्तार गर्नुपर्छ भन्दै केन्द्रसम्म धाउन थालेका छन् । शनिवार सुर्खेत क्षेत्र नं.–२ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने कांग्रेस सांसद हृदयराम थानी र २ (क) बाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने, एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले सँगै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग विस्तारको विषयमा छलफल गरेका छन् ।

छलफलका क्रममा अधिकारीले विमानस्थल विस्तारका लागि पहिले देखिनै आफूहरू तयार रहेको जवाफ दिएका थिए । साथै अधिकारीले स्थानीय र प्रदेश सरकार तयार भएको खण्डमा विस्तारका लागि कुनै समस्या नहुने पनि बताएका छन् । नेता कँडेलले वर्तमान विमानस्थल विस्तार गर्नुको विकल्प नरहेको रातोपाटीसँग बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)