अमेरिकी सेनाको जहाजले सम्झाइदिएको ८ वर्ष पुरानो कुरा
mysansar.com · Fri Mar 18 16:23:56 GMT 2022
अमेरिकी सेनाको जहाज आयो भनेर आज सोसल मिडिया र अनलाइन मिडियामा समेत हल्लीखल्ली मच्चिएको देख्दा झण्डै ८ वर्षअघिको घटना याद आयो। त्यतिबेला एयरपोर्ट छेउमा अफिस थियो। यसो जुम गर्दै लेन्स चलाउँदै गरेको, एउटा फरक खालको प्लेन देखेँ। फोटो खिचेर जिस्केर ट्विटरतिर हालेको, नसोचेको हङ्गामा मच्चियो।
त्यही फोटो साभार गर्दै नाम चलेका सबै अनलाइन मिडियाहरुले समाचार बनाए। नसोचेको चर्चा देखेर लोभिएर फोटोहरु हालेर आफूले पनि ब्लग लेखियो। अहिले त्यो पढ्दा हाँसो लाग्यो। खासमा सिभिलियन जहाज जस्तै दूतावासका सामानहरु लिएर सेनाको जहाज आउनु पनि सामान्य नै रहेछ। त्यो भन्दा पहिला पनि आएको थियो, त्यो भन्दा पछि पनि आइ नै रहेको थियो। अहिले एमसीसी पास भएपछि अमेरिकी सेना आउँछ भन्ने हल्ला भइराख्या बेलामा सामाजिक सञ्जालमा हङ्गामा हुने नै भयो, अचम्म त अनलाइन मिडियाले उही ८ वर्षअघिकै जस्तो गरी समाचार बनाउँदा पो लाग्यो त।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)