विपद्को ऐनामा राज्यको अनुहार
annapurnapost.com · Sun Aug 02 00:30:54 GMT 2026

वैशाखदेखि साउन १५ सम्मको छोटो अवधि।तर, समयको यो सानो खण्डले नेपाली समाजको छातीमा छाडेर गएको घाउ आलो र असाध्यै गहिरो छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक हेर्दा लाग्छ, हामी हरेक दिन मृत्युको पर्खाइमा बाँचिरहेका छौं।जम्मा तीन महिनामा १ सय ९३ जनाको ज्यान जानु र ११ सयभन्दा बढी नागरिक घाइते हुनु केवल अंकगणितको योगफल होइन, यी निभाइएका १ सय ९३ वटा सपना हुन्, असहाय बनेर भत्किएका घरपरिवार हुन्।
तथ्यांकको पत्र पल्टाउँदा सबैभन्दा विरक्तलाग्दो र उदेकलाग्दो यथार्थ सर्पदंशमा देखिन्छ।५३ जनाले सर्पको टोकाइबाट अकालमै ज्यान गुमाउनु हाम्रो ग्रामीण स्वास्थ्य प्रणालीको दयनीय र अनुत्तरदायी चित्र हो।समयमै ‘एन्टिस्नेक भेनम’ नपाएर वा प्राथमिक उपचारको अभावमा नागरिकले ज्यान गुमाउनुलाई प्राकृतिक विपद् मात्र भनेर राज्य पन्छिन मिल्दैन, यो त राज्यको संरचनागत असफलता हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)