फेबु्रअरीमा २० हजार पर्यटक
karobardaily.com · Fri Mar 04 00:51:17 GMT 2022
सन् २०२२ को दोस्रो महिना फेब्रुअरीमा करिब २० हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस महिनामा हवाई मार्ग हुँदै १९ हजार ७ सय ६६ पर्यटक नेपाल भित्रिएका हुन् ।
फेब्रुअरीमा सबैभन्दा बढी भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारतबाट ६ हजार, अमेरिकाबाट ३ हजार १ सय ९५, बेलायतबाट २ हजार २ सय १७, अष्ट्रेलियाबाट १ हजार ५२ विदेशी नागरिकले नेपाल भ्रमण गरेको बोर्डको तथ्यांक छ । सन् २०२१ को सोही अवधिमा ९ हजार १ सय ४६ र सन् २०२० मा ९८ हजारले नेपाल भ्रमण गरेका थिए । सन् २०२० को अन्त्यबाट फैलिएको कोभिड–१९ कारण पछिल्लो समय पर्यटक आगमनमा गिरावट आएको थियो । सन् २०२२ देखि भने पर्यटक आगमनमा सुधार हँुदै आएको छ । सन् २०२२ को जनवरीमा विभिन्न देशबाट करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)