इंग्लिस प्रिमियर लिगमा टोटनह्यामकाे पहिलो जित
barnanmedia.com · Sat Aug 24 21:46:52 UTC 2024
दक्षिण कोरियाली फरवार्ड सन ह्युङ–मिनको दुई गोल मद्दतमा टोटनह्यामले इंग्लिस प्रिमियर लिगमा पहिलो जित हात पारेको छ।
शनिबार राति घरेलु मैदान टोटनह्याम हट्सपुर स्टेडियममा भएको खेलमा एभर्टनलाई ४–० को फराकिलो अन्तरले पाखा लगाएको हो। पहिलो हाफको १४औँ मिनेटमा योभ्स बिसौमाको गोलमा गोलमा टोटनह्यामले सुरुवाती अग्रता बनाएको थियो। खेलको २५ औँ मिनेटमा सनको गोलमा घरेलु टोलीले अग्रता दोब्बर पार्यो। पहिलो हाफमा २–० ले अग्रता बनाएको टोटनह्यामले दोस्रो हाफमा थप २ गोल गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)