सुनकोसीमा तीनजना बेपत्ता, एक जना हाम फालेर बाँचे भने-म मात्रै कसरी बाँचे थाहा छैन
barnanmedia.com · Sat Aug 24 21:53:06 UTC 2024

खोटाङको हलेसीबाट काठमाडौँ आउँदै गर्दा सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोसी नदीमा शनिबार साँझ एउटा हाइलक्स गाडी खस्यो।
गाडीमा चारजना सवार थिए। उनीहरू सबै भक्तपुरको सुर्यविनायक नगरपालिका, जगातीका हुन्। चारैजना साथीहरू हुन्।सँगै गाडीमा सवार २७ वर्षीय सुशान्त कक्षपतिले भने दुर्घटनामा बाँचे। अन्य तीनजना बेपत्ता छन्। प्रहरी अधिकारीहरूले खोजी कार्य जारी राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)