काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना
ratopati.com · Fri Oct 02 19:16:55 GMT 2026

कपिलवस्तु । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्वदेशी काठको उत्पादन तथा उपयोग बढाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारले कार्य योजना निर्माण गरिरहेको बताएकी छिन् । कपिलवस्तुको तिलौराकोट साझेदारी वनको शुक्रबार अनुगमनका क्रममा उनले नेपालका वनमा काठ कुहिने र धोद्रिने तर विदेशबाट काठ आयात हुने अवस्था अन्त्य गर्न कार्य योजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताइन् । मन्त्री चौधरीले वनको दिगो व्यवस्थापनसँगै स्वदेशी काठको उत्पादन र उपभोग बढाउन सरकारको प्राथमिकता रहेको जानकारी दिइन्।
उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै विदेशी काठको आयात प्रतिस्थापनका लागि स्वदेशी काठको उत्पादन र उपभोग बढाउने विषय समेटिएको जानकारी दिइन् । “नेपालको वनमा रहेको काठको व्यवस्थित व्यवस्थापन र उपयोगका लागि कार्य योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ,” उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)