मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

क्यूआर मर्चेन्टका लागि नबिलले ल्यायो फोनलोनको सुविधा

abhiyandaily.com

काठमाडौं (अस) । नबिल बैंकले आफ्ना क्यूआर मर्चेन्टका लागि फोनलोनको सुविधा ल्याएको छ । यो सुविधा नेपालमै पहिलोपटक ल्याइएको बैंकले बताएको छ । ‘नबिल फोनलोन– क्यूआर मर्चेन्ट’ नामक उक्त सेवाअन्तर्गत ग्राहकले नबिल स्मार्ट बंैकिङमार्फत विनाधितो तुरुन्त कर्जा पाउने बैंकले बताएको छ ।

युनाइटेड नेशन क्यापिटल डेभलपमेन्ट फन्ड (यूएनसीडीएफ)को सहकार्यमा साना तथा मझौला व्यवसाय गरिरहेका युवा तथा महिला उद्यमीलाई लक्षित गर्दै उक्त सेवा ल्याइएको बैंकले जानकारी दिएको छ । सो सेवाअन्तर्गत कर्जा लिन चाहने व्यवसायी नबिलको ‘क्यूआर मर्चेन्ट’मा एकल नाममा दर्ता भई नबिल स्मार्ट बैंकिङमा आबद्ध हुनुपर्ने बैंकले बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)