कांग्रेस केन्द्रीय सदस्यमा वरिष्ठ गायक चन्द्र शर्माको उम्मेदवारी
ratopati.com · Fri Oct 02 19:34:54 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रतिनिधिको प्रमाणपत्र ग्रहण गरेसँगै वरिष्ठ लोकदोहोरी गायक तथा सांस्कृतिक अभियन्ता चन्द्र शर्माले पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । दाङ जिल्ला क्षेत्र नं। २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित शर्मा उम्मेदवारी दर्ताका लागि काठमाडौँ आएका हुन् ।
दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकदोहोरी तथा सांस्कृतिक क्षेत्रमा सक्रिय शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पूर्वअध्यक्षसमेत हुन् । प्रतिष्ठानको नेतृत्वमा रहँदा कलाकारको हकहित, लोकसंगीतको संरक्षण र नेपाली मौलिक संस्कृतिको प्रवर्द्धनमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । स्वदेशमा मात्र नभई विदेशमा रहेका नेपाली समुदायबिच समेत लोकसंगीत र नेपाली संस्कृतिको प्रवर्द्धनमा उनको निरन्तर सहभागिता रहँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)