मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सेनेटरी प्याड बनाउँदै किशोरकिशोरी

ekantipur.com · Sun Nov 19 01:07:02 GMT 2023

काभ्रे — सुरक्षित महिनावारीका लागि काभ्रेको बनेपा नगरपालिका–६ स्थित बुडोलका किशोरकिशोरीले ‘सानो पाइला’ कार्यक्रम सुरु गरेका छन् । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत उनीहरूले कार्यक्रमअन्तर्गत पुनःप्रयोग गर्न मिल्ने गरी सेनेटरी प्याड उत्पादन थालेका हुन् ।

बजारमा पाइने सेनेटरी प्याडमा प्रयोग हुने रसायनले स्वास्थ्यमा असरसमेत गर्न सक्ने जोखिम भएको र प्रयोगपछि फालिने यस्ता प्याडले वातावरणसमेत प्रदूषण हुने भन्दै उनीहरूले पुनःप्रयोग गर्न मिल्ने ‘रियुजएबल सेनिटेरी प्याड’ को उत्पादन सुरु गरिएको कक्षा १२ मा अध्ययनरत कार्यक्रम संयोजक पारखी भण्डारीले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)