वडा कार्यालयभित्रै सर्वसाधारण कुटिए
barnanmedia.com · Sat Aug 24 22:21:39 UTC 2024

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १४ को कार्यालयभित्रै सर्वसाधारण कुटिएको घटना बाहिर आएको छ। जग्गासम्बन्धी विवाद समाधानका लागि वडाध्यक्ष सन्तबहादुर गाहासँग वडा कार्यालयमा छलफल भइरहेको समयमा स्थानीय राजबहादुर क्षेत्री र उनकी श्रीमती पार्वती क्षेत्रीमाथि कुटपिट भएको हो ।
सामान्य भनाभनपछि क्षेत्री दम्पत्तिमाथि वडा नम्बर १४ का प्रेमबहादुर कामु र उनका दाजुभाइ कृष्ण कामु, जीवन कामु र रितमान कामुको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।वडा अध्यक्ष गाहाका अनुसार बाटो निकासिका सम्बन्धमा भएको विवाद समाधानका लागि वडा कार्यालयमा निवेदन परेको थियो । सोही निवेदनका आधारमा दुवै पक्षलाई छलफलका लागी बोलाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)