संविधान दिवसः कतै उत्सव, कतै अन्त्येष्टि यात्रा र कालो दिवस
rajdhanidaily.com · Thu Sep 19 23:10:36 UTC 2024
काठमाडौं । ३ असोजको संविधान दिवसलाई कतै उत्सव र कतै विरोधका रूपमा मनाइएको छ । २०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपछि प्रत्येक वर्ष देशैभर मनाइँदै आएको संविधान दिवस कतै उत्सव, कतै कालो दिवस त कतै संविधानको अन्त्येष्टि यात्रा निकालेर बिहीबार मनाइएको छ ।
संघीय राजधानी काठमाडौंसहित पहाडी जिल्लाहरूमा संविधान दिवस उत्सवका रूपमा मनाउँदै गर्दा मधेसमा कालो दिवस, अन्त्येष्टि यात्रा, ‘ब्ल्याक आउट’ गरेर मनाइएको हो । सरकारले संघीय राजधानी काठमाडौंसहित देशैभरिका सरकारी कार्यालयमा संविधान दिवस उत्सवका रूपमा मनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)