मिनिट्रकमा लुकाएको एक हजार किलोभन्दा बढी गाँजासहित उमेश पक्राउ
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौँ । मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरिएको छ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा ट्रकमा लुकाएर राखिएको ३१ वटा पोकाबाट उक्त परिमाणको गाँजा शनिबार बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)