बालकुमारी घटना : प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई
nayapatrikadaily.com · Tue Feb 27 00:24:00 GMT 2024
पूर्वन्यायाधीश शेखर पौडेल नेतृत्वको छानबिन आयोगले दिएको प्रतिवेदन २० फागुनभित्र अध्ययन गरी कार्यान्वयनका लागि सिफारिस गर्न सोमबार मन्त्रिपरिषद्को बैठकले ऊर्जामन्त्री शक्ति बस्नेत र कानुनमन्त्री धनराज गुरुङलाई जिम्मेवारी दिएको छ
दुई महिनाअघि ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवकको मृत्यु भएको घटनाको छानबिन प्रतिवेदनमाथि अध्ययन गरेर कार्यान्वयनको सिफारिस गर्न सरकारले दुई मन्त्रीलाई जिम्मेवारी दिएको छ । सोमबार मन्त्रिपरिषद्को बैठकले ऊर्जामन्त्री शक्ति बस्नेत र कानुनमन्त्री धनराज गुरुङलाई प्रतिवेदन अध्ययन गरी सुझाव कार्यान्वयनका लागि सिफारिस गर्न जिम्मेवारी दिइएको हो । २० फागुनभित्र प्रतिवेदन अध्ययन गरी सिफारिस गर्न दुई मन्त्रीलाई जिम्मेवारी दिने निर्णय भएको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)