मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० विश्व कप क्रिकेट आजदेखि : उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दै

Ujyaaloonline.com · Sun Oct 16 00:59:35 GMT 2022

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेट आजदेखि अस्ट्रेलियामा सुरु हुँदैछ । भिक्टोरियामा आज हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दैछन् ।

खेल नेपाली समयअनुसार बिहान पौने १० बजे सुरु हुनेछ । नामिबिया दोस्रो पटक विश्व कप खेल्दैछ । श्रीलङ्का पूर्व च्याम्पियन र अहिलेसम्मका विश्व कपमा सहभागी टोली हो । आज हुने दोस्रो खेलमा दिउँसो पौने २ बजे यूएई र नेदरल्यान्ड खेल्दैछन् । यूएई दोस्रो पटक र नेदरल्यान्ड पाँचौँ पटक विश्व कप खेल्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)