निर्मल पुर्जा एनआरएनका गौरव तथा प्रेरणाका स्रोत थिए : गैरआवासीय नेपाली संघ
kendrabindu.com · Sun Aug 02 01:57:05 GMT 2026

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित विश्वको १२औं अग्लो हिमाल ‘ब्रोड पिक’ मा आरोहणका क्रममा विश्व कीर्तिमानी नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।
संघका प्रवक्ता सोम सापकोटाद्वारा शनिबार जारी विज्ञप्तिमा, पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गरेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘‘निर्मल ‘निम्सदाइ’ पुर्जा केवल नेपालको मात्र नभई विश्वभर रहेका गैरआवासीय नेपालीहरूको पनि गौरव तथा प्रेरणाका स्रोत हुनुहुन्थ्यो। एक गैरआवासीय नेपालीका रूपमा उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीहरूको साहस, क्षमता र पहिचानलाई विश्वसामु गौरवका साथ स्थापित गर्नुभएको थियो।”
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)