कर तिरेको बिल अपलोड गरेर १० लाखसम्म नगद उपहार पाइने
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ। शनिबार एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो।
विभागका उपमहानिर्देशक एवम् सह–सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता रु. १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान तथा भ्याट बिल लिएका उपभोक्ताहरू यस कार्यक्रममा सहभागी हुन पाउनेछन्। उपभोक्ताले ‘prize.ird.gov.np’ नामक नयाँ वेबसाइटमार्फत आफ्नो बिल अपलोड गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)