अष्ट्रेलियामा रोजगारीको माग घट्दै
ratopati.com · Fri Oct 02 20:15:00 GMT 2026

काठमाडौँ । अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको सङ्ख्या लगातार दोस्रो तीन महिनाको अवधिमा घटेको छ । यसले देशको श्रम बजारमा केही क्षेत्रमा कामदारको माग कमजोर हुँदै गएको संकेत गरेको छ । अष्ट्रेलियाली तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अगस्टसम्मको तीन महिनामा रोजगारीका रिक्त पद ०.९ प्रतिशतले घटेका छन्। यस अवधिमा कुल रिक्त पद ३ हजारले घटेर ३ लाख २५ हजार पुगेका छन् ।
यसअघि मेसम्मको तीन महिनामा पनि रोजगारीका रिक्त पद २।२ प्रतिशतले घटेका थिए । यसरी लगातार दुई अवधिमा रिक्त पद घट्नुले अष्ट्रेलियाको रोजगारी बजारमा मागको अवस्था केही कमजोर बनेको देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)