आइएसएसमा नयाँ चालक दल
barnanmedia.com · Fri Oct 02 20:15:00 GMT 2026

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) का लागि चार नयाँ चालक दलका सदस्य बोकेको स्पेसएक्सको ड्र्यागन अन्तरिक्षयान बिहीबार आइएसएसमा सफलतापूर्वक जोडिएको छ । नयाँ चालक दलले त्यहाँ करिब छ महिना बिताउनेछ ।
स्पेसएक्सको फाल्कन–९ रकेटले ‘क्रू–१३’ मिसनका सदस्यलाई लिएर स्थानीय समयअनुसार बिहान ११ः१० बजे फ्लोरिडाको केप क्यानभेरलबाट उडान भरेको थियो । सात घण्टा ५५ मिनेटपछि ड्र्यागन ‘ग्रेस’ क्याप्सुल आइएसएसमा जोडिएको नासाले जनाएको छ । नासाका अनुसार अमेरिकी अन्तरिक्षयानले आइएसएससम्म गरेको यो सबैभन्दा छोटो यात्रा हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)