बालेनको आह्वान : कसैले घुस मागे ९८६३५९२०११ नम्बरमा प्रमाणसहित सम्पर्क गर्नुस्
farakdhar.com · Mon May 15 16:57:51 GMT 2023
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका कुनै पनि कर्मचारीले घुस मागेमा प्रमाणसहित उजुरी दिन आह्वान गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्क नम्बर सार्वजनिक गर्दै उनले उजुरी आह्वान गरेका हुन् ।
उजुरीकर्तालाई ह्वाट्सएपमार्फत ९८६३५९२०११ नम्बरमा प्रमाणसहित आफूकहाँ आउन उनले आह्वान गरेका छन् । उनले यो मोबाइल आफूले मात्र बोक्ने भएकाले उजुरी पठाउनेको नाम गोप्य राखिने समेत स्पष्ट पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)