मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प : १ बेपत्ता, १८ घाइते

ekantipur.com · Wed Oct 04 00:50:56 GMT 2023

बझाङ‚ दार्चुला — बझाङ केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पका कारण खसेको पहिरोमा परी एक महिला बेपत्ता भएकी छन् । भूकम्पका कारण बझाङ र बैतडीमा १८ जना घाइते भएका छन् । टिमुर टिप्न गाउँनजिकैको जंगलमा गएकी बझाङको जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी गुनदेवी धामी पहिरोमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बझाङका प्रहरी प्रवक्ता दीपेश चौधरीका अनुसार जयपृथ्वी नगरपालिकामा, मस्टा, केदारस्युँ, खप्तडछान्ना र बित्थडचिर गाउँपालिकामा गरी १६ जना घाइते छन् । घाइते धेरैजसो विद्यार्थी छन् । भूकम्पपछि गएको सुक्खा पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग मंगलबार रातिसम्म खुल्न सकेको छैन । जयपृथ्वीको माल्लालाग्ना भीर र छबिस पाथीभेराको जालेबगरमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको हो । निरन्तर परकम्प गइरहेकाले राजमार्ग खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए । ‘भिरालो जमिनमा पहिरो गएकाले डोजर पठाउँदा थप क्षति हुन सक्ने भएकाले राजमार्ग खुलाउन सकेका छैनौं । डोजर तयारी अवस्थामा छ,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)