मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्रसङ्घ महासभामा उच्चस्तरीय सत्र सुरु

gorkhapatraonline.com · Wed Sep 21 00:45:52 GMT 2022

काठमाडौँ, असोज ५ गते । संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा मङ्गलबारदेखि उच्चस्तरीय सत्र सुरु भएको छ। यो सत्र एक साता चल्ने संयुक्त राष्ट्रसङ्घले उल्लेख गरेको छ।

यस सत्रमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरू नेपालसहितका मुलुकले भाग लिनेछन्। यस सत्रलाई विश्वका फरक धु्रव र देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखका लागि विभिन्न विषयमा बहस गर्ने महत्वपूर्ण मञ्च मानिन्छ। कोभिड महामारी, रुस–युक्रेन युद्ध र शक्ति राष्ट्र मुलुकहरूबीचको बढ्दो द्वन्द्वका बीच हुन गइरहेको यस पटकको यो सत्र यस कारणले पनि विशेष मानिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)