मध्यपूर्वमा रहेका अमेरिकी नागरिकलाई सुरक्षित स्थानमा रहन 'सेफ्टी अलर्ट' जारी
annapurnapost.com · Sun Aug 02 02:33:52 GMT 2026

काठमाडौं : अमेरिकाले मध्यपूर्व क्षेत्रमा रहेका आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र तनाव बढेमा जुनसुकै बेला त्यो क्षेत्र छाड्न तयार रहन चेतावनी (सेफ्टी अलर्ट) जारी गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी अहिलेसम्मकै भीषण सैन्य आक्रमणको आदेश दिन सक्ने खबरहरू सार्वजनिक भएसँगै अमेरिकी विदेश मन्त्रालयले उक्त चेतावनी जारी गरेको हो। विदेश मन्त्रालयद्वारा जारी सुरक्षा अलर्टमा मध्यपूर्व बाहिर रहेका अमेरिकी कूटनीतिक नियोग र प्रतिष्ठानहरूमाथि इरान तथा उसका समर्थक समूहहरूले आक्रमण गर्न सक्ने उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)