चौधजना अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए
kendrabindu.com · Sun Aug 02 02:47:25 GMT 2026

काबुल । इरान पुग्ने प्रयास गर्दै गरेका १४ अफगान आप्रवासीको शव दक्षिण-पश्चिमी अफगानिस्तानको तातो मरुभूमिमा फेला परेको अधिकारीहरूले शनिबार बताएका छन्।
उनीहरूको सवारी साधन बिग्रिएपछि हप्तौँअघि उनीहरू पैदलै गएका थिए। सवारीसाधनका चालक निम्रोज प्रान्तको एउटा गाउँमा तिर्खा र थकानले लरबराउँदै सहयोग माग्न पुगेपछि अधिकारीहरूले समूहको खोजी गरिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)