जेनजी प्रदर्शनका क्रममा कामपामा ६३ लाखको क्षति
baahrakhari.com · Fri Sep 26 16:57:52 GMT 2025

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा काठमाडौं महानगरपालिकामा ६३ लाख रुपैयाँको क्षति भएको छ । कामपाका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार, कामपा–३२ को वडा कार्यालय भवन अधिक क्षति भएको छ भने वडा १३ मा आंशिक क्षति भएको छ ।
कामपा–३२ मा सबैभन्दा बढी क्षति पुगेकाले हालसम्म पनि कार्यालयबाट नागरिकलाई सेवा प्रदान गर्न नसकिएको उनले बताए । सहायक प्रवक्ता काफ्लेका अनुसार कामपा–६ को वडा कार्यालय, वडा नं ७ मा आंशिक रूपमा क्षति भएको छ । बग्गी खानामा रहेको नगरप्रहरी बिट पूर्ण रूपमा क्षति भएको बताउँदै उनले मीनभवनस्थित नगरप्रहरीको पूर्व क्षेत्रमा रहेको कार्यालय पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)