मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालमा मनसुन भित्रिन अझै केही दिन लाग्ने, तराईमा ‘हिट वेभ’को सम्भावना कायमै

pahilopost.com · Thu Jun 08 00:51:46 GMT 2023

काठमाडौं : विगत केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। देशको तराई भू-भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा ले बताएको छ।

महाशाखाका अनुसार काठमाडौं उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको छ। आगामी केही दिन तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने महाशाखाले बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)