'एआई स्लप' विरुद्ध सामाजिक सञ्जाल प्लेटफर्महरू: स्न्यापच्याटमा अब एआई निर्मित भिडियो सिफारिस नहुने
techpana.com · Sun Aug 02 03:29:53 GMT 2026

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म स्न्यापच्याटले अब पूर्ण रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) बाट तयार गरिएका भिडिओलाई आफ्नो छोटो भिडिओ प्लेटफर्म स्पटलाइटमा सिफारिस नगर्ने भएको छ । कम्पनीले वास्तविक व्यक्तिले सिर्जना गरेको मौलिक सामग्रीलाई प्राथमिकता दिन यस्तो नीति लागु गरेको जनाएको छ ।
स्न्यापका अनुसार यसै महिनादेखि लागु भएको नयाँ व्यवस्थाअनुसार पूर्ण रूपमा एआईबाट बनाइएका भिडिओ स्पटलाइटमा सिफारिसका लागि योग्य हुने छैनन् । इन्टरनेटमा कम गुणस्तरका र दोहोरिने एआई सामग्री बढ्दै गएकाले स्पटलाइटलाई वास्तविक व्यक्तिको सिर्जनात्मक सामग्री खोज्ने प्लेटफर्मका रूपमा कायम राख्न यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)