मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२३ आह्वान, ‘बेष्ट भिडियो अफ द इयर’लाई पाँच लाख

baahrakhari.com · Sat Feb 25 00:30:00 GMT 2023

काठमाडौं । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज २०२३ हुने भएको छ । वि विल राईज फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’को आयोजना गर्दै आएको छ । सन् २०१९ मा पहिलोपटक आयोजित प्रतियोगितामा देशैभरबाट उत्साहजनकरुपमा १३२ वृत्तचित्र सहभागी थिए । पछिल्लोपटक सन् २०२० मा प्रतियोगिताका लागि भिडियो आह्वान भए पनि विश्वभर फैलिएको कोभिड १९ महामारीका कारण कार्यक्रम स्थगित हुनपुग्यो । सोही प्रतियोगितालाई निरन्तरता दिने प्रयास स्वरुप सन् २०२३ को दोस्रो संस्करणका लागि शुक्रबारबाट भिडियो आह्वान भइसकेको छ ।

कोरोनाका कारण थलिएको पर्यटन क्षेत्रलाई उकास्न र यस क्षेत्रलाई चलाएमान बनाउन यस्ता कार्यक्रमको उपादेयता अझ बढेर गएको फाउण्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)