७० हजार बराबरको म्याद नाघेका खाद्य वस्तु नष्ट
gorkhapatraonline.com · Fri Sep 26 18:01:09 GMT 2025

पाल्पाको रामपुरमा म्याद नाघेका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ । चाडपर्वलाई लक्षित गरी रामपुर नगरपालिका –५ बेझाँड बजार क्षेत्रको पसल अनुगमनको क्रममा फेला परेको ७० हजार रुपियाँ मूल्य बराबरको म्याद नाघेका तथा लेभल नभएका सामग्री जफत गरी नष्ट गरिएको हो ।
दशैं तिहार लगायतका पर्वहरुलाई मध्यनजर गर्दै जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय, इलाका प्रशासन कार्यालय रामपुर, करदाता सेवा कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, रामपुर नगरपालिका र ईलाका प्रहरी कार्यालय रामपुरको संयुक्त टोलीले अनुगमन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)