थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतसँग आग्रह
ekantipur.com · Tue Feb 14 01:00:30 GMT 2023
काठमाडौँ — नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपाली पक्षले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतलाई आग्रह गरेको छ । नेपाल बाहिरबाट आउने जहाज सिमरा हुँदै मात्र भित्रिन पाउने भएकाले थप प्रवेशमार्गको अनुमतिका लागि भारतलाई आग्रह गरिएको हो ।
काठमाडौंमा सोमबार परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीचको भेटवार्तामा अतिरिक्त हवाई प्रवेशमार्गको विषय उठ्दा क्वात्राले भने जवाफ दिन नचाहेको परराष्ट्र स्रोतले जनाएको छ । बैठकपछि भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा पनि हवाई प्रवेश मार्गका विषयमा उल्लेख छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)