मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उज्वल भविष्यका लागि अब्बल शिक्षा

rajdhanidaily.com · Wed May 26 23:40:08 GMT 2021

एरिस्टोटलले व्यक्ति, समाज र राष्ट्रको आर्थिक समृद्घिको आधार शिक्षा हो भन्ने धारणा राखेको पाइन्छ । त्यसो त शिक्षाको काम आर्थिक समृद्धि मात्र होइन । व्यापक छ । आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक, सांस्कारिक, विज्ञान एवं प्रविधिलगायत क्षेत्रहरूको विकासको आधार पनि शिक्षा नै हो । अब्बल शिक्षाको उल्लेखित क्षेत्रको विकास हुन सक्दैन । देशको वर्तमान अस्तव्यस्त हुन्छ । भविष्य उज्वल हुँदैन । भविष्य अन्योलग्रस्त हुन्छ । हाम्रो देशको सन्दर्भमा शिक्षाको जग अब्बल नभएकाले देशका हरेक क्षेत्र कमजोर भएको अवस्था छ । समाजमा गरिबी, अभाव र अविकास व्याप्त छ । आपूmले प्राप्त गरेको शिक्षाले देशमा भविष्य उज्वल नदेखेपछि शिक्षित युवाहरू भविष्यको रोजाइमा विदेश पलायन भएका छन् ।

नेपालमा प्रजातन्त्रको उदय २००७ पछाडि शिक्षा क्षेत्रमा उल्लेख्य मात्रामा विकास भएको छ । २००७ सालतिर नेपालको साक्षरता २ प्रतिशत मात्र थियो । सहरी क्षेत्रमा केही संख्यामा विद्यालयहरू खोलिएका भएता पनि आमजनताका लागि विद्यालय थिएनन् । प्रजातन्त्रको उदय भएको सात दशकको अवधिमा देशमा धेरै संख्यामा शिक्षालयहरूको स्थापना भएका छन् । संख्याको हिसाबले सरकारी माध्यमिक विद्यालयको संख्या २९ हजार २ सय ७ छ भने निजी विद्यालय ६ हजार १५ वटा रहेको तथ्यांक छ । यसैगरी, ४ सय ३३ सरकारी महाविद्यालयको संख्या छ भने ८ सय ३८ निजी महाविद्यालय सञ्चालनमा छन् । दर्जनौंको संख्यामा विश्वविद्यालयहरू स्थापना भइसकेका छन् । साक्षरता प्रतिशत पनि ६४ पुगेको छ । अहिले प्रायः हरेक स्थानीय तहमा शिक्षालयको पहुँच छ । यसरी हेर्दा राज्यले शिक्षाको विकासमा पहल नगरेको होइन । गरेको देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)