आरोहीको निधनमा एमालेले भन्यो : नेपालले अमूल्य राष्ट्रिय धरोहर गुमायो
kendrabindu.com · Sun Aug 02 04:20:07 GMT 2026

काठमाडौं । विख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ जना नेपाली आरोहीको पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएको घटनाप्रति नेकपा एमालेले गहिरो शोक व्यक्त गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले आइतबार एक शोक वक्तव्य जारी गर्दै यस दुःखद खबरले सिंगो पार्टी अत्यन्त स्तब्ध र मर्माहत भएको जनाएका छन्। पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी कीर्तिमानी आरोहीहरूले ज्यान गुमाएको प्रति एमालेले भनेको छ, ‘विश्व पर्वतारोहणको इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै असम्भवलाई सम्भव बनाएर संसारलाई साहस र सङ्कल्पको पाठ सिकाउने हाम्रा सपूतहरू आज सधैँका लागि हिमालकै काखमा लीन हुनुभएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)