तथ्यांकोवाच : लयमा फर्किन थाल्यो प्लाष्टिक तथा तिनका उत्पादनको आयात
abhiyandaily.com
काठमाडौं (अस) । आर्थिक गतिविधिको वृद्धिमा प्लाष्टिक तथा तिनका उत्पादनहरूको ठूलो हात रहेको हुन्छ । गत चैतदेखि धेरै ओह्रालो लाग्न थालेको यी वस्तुको आयात वैशाखमा न्यूनतम विन्दुमा झरे तापनि जेठमा यसले पुनः गति लिएको देखिन्छ । भन्सार विभागमा अनुसार जेठमा करीब ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको प्लाष्टिक तथा तिनका उत्पादन आयात भएको छ, जुन औसत मासिक आयातको लय पछ्याउने दिशातिर उन्मुख रहेको छ । असारमा लकडाउन खुकुलो भएसँगै औद्योगिक गतिविधि बढ्दा यी वस्तुको आयात अझ बढ्ने देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)