ब्रोड पिकमा मृत भेटिएका आरोहीहरूको शव आज क्याम्प– १ ल्याइने
shilapatra.com · Sun Aug 02 04:38:00 GMT 2026

पाकिस्तानको ब्रोड पिकमा मृत भेटिएका आरोहीहरूको शव आज क्याम्प– १ मा ल्याइने भएको छ । आरोहीहरूको उद्धारका लागि पाकिस्तान पुगेका निर्मल पुर्जाका व्यवसायिक साझेदारसमेत रहेका सांसद मिङ्मा डेभिड शेर्पाले जानकारी दिए ।
‘आज ग्राउन्ड टिमबाट प्राप्त जानकारीअनुसार टोली हालको स्थानबाट क्याम्प– १ सम्म ल्याउने योजनामा छ’, शेर्पाले भने, ‘त्यसपछि भोलि टोली जापानी क्याम्प ल्याउने जानकारी छ । मौसम र हिमालको अवस्थाले साथ दिएमा जापानी क्याम्पबाट हेलिकप्टर सम्भावना रहेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)