भारत - दक्षिण अफ्रिका दोस्रो टेस्ट दोस्रो दिन नै समाप्त
nayapatrikadaily.com · Thu Jan 04 16:26:00 GMT 2024
इतिहासकै छिटो नतिजा दिएको केपटाउन टेस्ट म्याचमा भारतले दक्षिण अफ्रिकालाई सात विकेटले पराजित गरेको छ। दोस्रो टेस्टमा जित निकालेसँगै भारतले शृंखला एक–एकको बराबरी गरेको छ।
तीव्रगतिका बलरलाई मद्दत गरेको पिचमा बलले असमान्य बाउन्स पाएपछि दुवै टोलीका ब्याटर टिक्न सकेनन्। एकपछि अर्को विकेट गिरिरहेका वेला दक्षिण अफ्रिकाका ओपनर एडेन मारक्रमले भने दोस्रो इनिङमा एक सय ३ बलमै एक सय ६ रन बनाएर खेललाई थप रोचक बनाए। तर, उनी आउट भएसँगै दक्षिण अफ्रिका केहीबेरमै अलआउट हुन पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)