मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मानवता जीवित राखेर अस्ताए १९ वर्षीय युवक

nayapatrikadaily.com · Fri Feb 18 00:28:00 GMT 2022

ललितपुर कुसुन्तीका १९ वर्षीय विप्लव अधिकारीले आगोको मुस्लो छिचोलेर छिमेकी वृद्ध दम्पती बचाए, तर आगोको लप्काले घाइते भएका उनले मृत्युवरण गरे

घरभित्र दन्किएको आगो छलेर ललितपुर महानगरपालिका– १४ कुसुन्तीका ७० वर्षीय खड्कबहादुर लिम्बू श्रीमती सुष्मासहित मुस्किलले बरन्डामा निस्किए । चिच्याएर गुहार मागे । छिनभरमै छरछिमेक घरअगाडि सडकमा जम्मा भए । भिडमा थिए १९ वर्षीय विप्लव अधिकारी पनि । दुई तलामाथिको बरन्डामा उकुसमुकुस भएका ‘हजुरबा–हजुरआमा’को क्रन्दनले विप्लव थामिन सकेन । सरासर घरभित्र छिरे । आगोको मुस्लो छिचोल्दै वृद्धवृद्धालाई जीवितै उद्धार गरे । तर, दुर्भाग्य ! आफू बाँच्न सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)