सरकारले २२ अस्पताललाई दियो एक सय ३३ सेट डायलाइसिस मेसिन
nayapatrikadaily.com · Thu Aug 04 17:22:00 GMT 2022
सरकारले २२ वटा अस्पताललाई एक सय ३३ सेट नयाँ हेमोडायलाइसिस मेसिन वितरण गरेको छ । मिर्गौलाका बिरामीले डायलासिस गराउन लामो लाइन बस्नुपर्ने भएपछि ती अस्पताललाई नयाँ डायलाइसिस मेसिन वितरण गरेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्र मरासिनीले बताए ।
सरकारी तथ्यांकअनुसार ६ हजारभन्दा बढी बिरामीको मिर्गौलाको डायलाइसिस गर्नुपर्छ । उपकरण कम भएकाले बिरामीले सेवा लिन महिनौँ पालो पर्खनुपर्छ । कतिपयको डायलाइसिसको पर्खाइमा बस्दाबस्दै मृत्यु हुने गरेको छ । सरकारी तथ्यांकअनुसार ६ हजार बिरामी रेकर्डमा रहे पनि केहीले आफैँ पैसा तिरेर निजी अस्पतालमा सेवा लिँदै आएका छन् । तर, निजीमा लिएको सेवा र बिरामीको विवरण सरकारसँग हुँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)