डिप्लोमा इन्जिनियरहरूको रोजाइमा नेपाल इन्जिनियरिङ कलेजको विडिएच, ४८ सिटका लागि एक सय बढीको प्रतिस्पर्धा
ajakoartha.com · Sun Aug 02 05:03:00 GMT 2026

काठमाडौं- नेपाल इन्जिनियरिङ कलेजको ‘ब्याचलर अफ इन्जिनियरिङ ९सिभिल० फर डिप्लोमा होल्डर्स ९विडिएच०’ कार्यक्रममा यस वर्ष उल्लेखनीय आकर्षण देखिएको छ । ४८ सिटका लागि लिइएको प्रवेश परीक्षामा एक सय जना बढी विद्यार्थी सहभागी भएका छन् ।
शनिबार ललितपुरको प्रयागपोखरीस्थित नेक–सिपिएस परिसरमा भएको प्रवेश परीक्षामा काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट विद्यार्थी सहभागी भएका थिए । कक्षा ९ देखि १२ सम्म प्राविधिक विषय अध्ययन गरेका तथा सिटिइभिटीअन्तर्गत सिभिल इन्जिनियरिङमा डिप्लोमा पूरा गरेका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रममा विगतका वर्षको तुलनामा बढी आवेदन परेको कलेजले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)