इजराइलका प्रधानमन्त्रीले भने- हमासको ‘उन्मूलन’ नभएसम्म युद्धविराम अस्वीकार, युद्ध रोकिँदैन
lokaantar.com · Thu Dec 21 00:14:52 GMT 2023
इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बताएका छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'निर्धारित सबै उद्देश्य हासिल नभएसम्म हामी युद्ध जारी राख्नेछौँ, हाम्रो उद्देश्य हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य हो ।'
गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्न इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेलसँग कुराकानी गर्न हमास प्रमुख इस्माइल हानियेह बुधबार कायरो गएपछि नेतान्याहुको यस्तो टिप्पणी आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)