मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

प्रचारप्रसार तथा पर्यटन पूर्वाधार कमीले धनकुटाका मगर र जनजाति सङ्ग्रहालय ओझेलमा

barnanmedia.com · Fri Oct 02 23:31:33 GMT 2026

संस्कृति, इतिहास र पहिचानलाई जोगाइराख्ने उद्देश्यले धनकुटाको चौबिसे गाउँपालिकामा निर्माण गरिएका मगर र जनजाति सङ्ग्रहालय अहिले ओझेलमा परेका छन् । बाहुल्य बसोबास रहेका स्थानीय समुदायको सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएका यी सङ्ग्रहालय पर्याप्त प्रचारप्रसार, पर्यटन प्रवर्द्धन र पूर्वाधारको अभावका कारण ओझेलमा परेका हुन् ।

चौबिसे गाउँपालिका–२ मुढेबासस्थित डाँडागाउँमा रहेको मगर सङ्ग्रहालयमा मगर समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका एक सयभन्दा बढी ऐतिहासिक तथा सांस्कृतिक सामग्री सङ्ग्रह गरिएको छ । सङ्ग्रहालयभित्र प्रवेश गर्दा पुराना भाँडाकुँडा, परम्परागत वेशभूषा, बाजागाजा, काठका सामग्री, कृषि औजार तथा हातहतियारले मगर समुदायको जीवनशैली, रहनसहन र इतिहासलाई जीवन्त बनाउने गरेको छ । तर, यस्ता अमूल्य सम्पदाको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या भने ज्यादै न्यून रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)