हिन्दू सम्राट सेनासँग फेरि वार्तामा बसे गृहमन्त्री गुरुङ
nepalpress.com · Sun Aug 02 05:49:24 GMT 2026

जनकपुरधाम । शुक्रबार राति मधेश झरेका गृहमन्त्री सुधन गुरुङ ‘हिन्दू सम्राट सेना’ सँग फेरि वार्तामा बसेका छन् । जनकपुरधामस्थित एक होटलमा दुवै पक्षका प्रतिनिधि वार्तामा जुटेका छन् ।
सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ, प्रतिनिधिसभा सदस्य शिवशंकर यादव र रामविनोद यादव सहभागी छन् । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओमप्रसाद अधिकारी, एपीएफका डीआईजी विष्णु भट्ट, राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, नेपाल प्रहरीका एसएसपी भुवनेश्वर तिवारी तथा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रुपेश खड्कालगायत सुरक्षा तथा प्रशासनका अधिकारी पनि वार्तामा सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)