जसपा–लोसपा एकतापछि मधेश प्रदेशसभामा ठूलो दल
ekantipur.com · Mon Dec 29 18:09:13 GMT 2025

जनकपुर — मधेशवादी दुई दल जसपा नेपाल र लोसपाबीच आइतबार एकता गर्ने सहमति भएको छ । पछिल्लो राजनीति घटनाक्रमले संघीयता, समावेशिता र समानुपातिक प्रणाली खतरामा परेको भन्दै यी दुई दलले एकता गर्ने निर्णय गरेका हुन् । एकीकृत पार्टीको नाम र संगठनात्मक संरचनाबारे भने निर्णय हुन बाँकी छ ।
यसअघि गत २४ मंसिरमा लोसपासँग हृदयेश त्रिपाठीको प्रगतिशील पार्टी र बृषेशचन्द्र लालको तराई–मधेश लोकतान्त्रिक पार्टी एकीकृत भएका थिए । त्यसपछि जसपा नेपालसँग एकताको सहमति भएको हो । अशोक राई नेतृत्वको जसपाबाट फुटेर आएका रेणु यादव, प्रदीप यादव, नवलकिशोर साहलगायत नेताको समूह पनि यो एकतामा सहभागी भएको छ । सोमबार एकताको सहमतिपत्रमा उपेन्द्र यादव र रेणु यादवले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)