सहज बन्दै जनकपुरको जनजीवन
nepalnews.com · Sun Aug 02 05:54:47 GMT 2026

जनकपुरधाम। स्थानीय प्रशासनले लगाएको कर्फ्यु र निषेधाज्ञाका कारण प्रभावित बनेको जनकपुरको जनजीवन आजदेखि बिस्तारै सहज बन्दै गएको छ।
स्थानीय प्रशासनले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेपछि जनकपुरमा सवारीसाधन चल्न थालेका छन् भने फाट्टफुट्ट रूपमा पसलहरू समेत खुल्न थालेका छन्। जनजीवन सहज हुन थालेसँगै सर्वसाधारणको आवतजावत बढेको छ भने बजार क्षेत्रमा चहलपहल देखिन थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)