मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘चेम्बर एक्स्पो २०२२’ असार २ गतेदेखि

abhiyandaily.com

काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्शले आगामी असार २ गतेदेखि ‘चेम्बर एक्स्पो गर्ने भएको छ । चेम्बरले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा एक्स्पो गर्न लागेको हो । एक्स्पोको उक्त पाँचौं संस्करण काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

पाँचौं संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिइने चेम्बरले जानकारी दिएको छ । मेलामा अन्तरराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तरराष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलापका बारेमा जानकारी पाउन नेपाली उद्योगी व्यवसायीलाई सजिलो हुने आयोजकको दाबी छ । त्यस्तै अन्तरराष्ट्रिय नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न समेत नेपाली उद्योगी व्यवसायीलाई सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)